18May,2021
❤मेरो बाल्यकाल गाउँ मा नै बित्यो।पहाडी भेग भएकोले जताततै बनजङल,खोलानाला अनि सुन्दर हिमाल को काख सगै रमाउथे।कहिले उकाली कहिले ओराली अनि सुस्केराहरुको साथमा आफुलाइ पनि अगाडी बढाइरहेको हुन्थे।मैले निम्न माध्यमिक तह सम्मको पढाई श्री जय बागेश्वरी नि.मा.बि.पाल्चोकमा गरे।श्री बाल सुधार माध्यमिक बिद्यालय दुवाचौर बाट SLC र श्री सरस्वती उच्च माध्यमिक बिद्यालय ग्याल्थुम बाट +2 सम्मको पढाई सकाय।त्यसपछी को अध्ययनलाई निरन्तरता दिनको लागी काठमाडौं आए।श्री महेन्द्ररत्न क्याम्पस ताहाचल बाट आफ्नो पढाईलाई निरन्तरता दिदादिदै सरकारी जागिर खाने सोचले सशस्त्र प्रहरी बल मा भर्ना भए।देश र जनताको सेवा गर्दै गर्दा आफ्नो अध्ययन लाई बिचमै छाडनु पर्यो।कति लाई पढ्ने रहर हुदाहुदै पनि समय,अबस्था, गरिबी अनि बाध्यताले गर्दा बिचमै छाड्नु पर्ने हुन्छ।जीवन एउटा सिकाइ हो।हामी बाचुन्जेल सिक्दै सिकाउदै अगाडी बढेको हुन्छौ।जीवन रहुन्जेल सम्म हामी ब्याबहारिक रुपमा पढिरहेका हुनेछौ।धन्यवाद ❤..
.My childhood was spent in the village. Due to the hilly terrain, I used to enjoy forests, streams and beautiful mountains everywhere. Sometimes I used to go up and down with sighs and sighs. I studied up to lower secondary level in Shree Jay Bageshwari NMB Palchowk. I completed SLC from Shree Bal Sudhar Madhyamik Vidyalaya Duvachaur and +2 from Shree Saraswati Higher Secondary School Gyalthum. After that I came to Kathmandu to continue my studies. Continuing studies from Shree Mahendra Ratna Campus, Tahachal, I joined the Armed Police Force with the idea of getting a government job. While serving the country and the people, I had to drop out of studies. Life is a learning. We will continue to learn as long as we live. As long as we live, we will continue to study practically. Thank you.❤



Comments
Post a Comment